शनिबार, वैशाख २७, २०८२

फिरौती रकम माग गर्ने दुईजना पक्राउ

नेपालखोज २०७९ असार १८ गते २३:५३

मोरङ । विराटनगर महानगरपालिका ३ बस्ने एक व्यक्तिलाई डरधम्की दिई फिरौती रकम माग गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही महानगरपालिका ४, कञ्चनबारी बस्ने पथरी शनिश्चरे नगरपालिका ६ का ३९ वर्षीय गणेशकुमार कार्की र पथरी शनिश्चरे नगरपालिका ६ का २६ वर्षीय विशाल ऋषिदेव रहेका छन् ।

कार्कीले गत जेठ ३१ गते चिठ्ठी र फोनमार्फत पटक-पटक डरधम्की दिई फिरौती माग गर्ने गरेको र पीडितले शुक्रबार आईएमईमार्फत पठाएको २५ हजार रुपैयाँसहित विशाललाई थरी शनिश्चरे नगरपालिका ६, हसन्दहबाट प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया