आगामी संस्करणको महिला साफ च्याम्पियनसिप नेपालमा हुने
नेपालखोज
२०७९ असार १८ गते २०:३०

काठमाडाैं । अखिल नेपाल फुटबल संघ एन्फाले आउँदो संस्करणको महिला साफ च्याम्पियनसिप प्रतियोगिता आयोजनाको अनुमति पाएको छ । बंगलादेशको राजधानी ढाकामा आज भएको साफ कंग्रेसको बैठकले नेपालमा साफ महिला च्याम्पियनसिप आयोजना गर्ने निर्णय गरेपछि एन्फाले प्रतियोगिताको अनुमाति पाएको हाे ।
साफ कंग्रेसको निर्णय अनुसार अब भदौमा महिला साफ च्याम्पियनसिप आयोजना हुने छ । भदौ १३ देखि २५ सम्म काठमाडौंमा प्रतियोगिता गर्ने निर्णय भएको हो ।
सम्बन्धित
प्रतिक्रिया