शुक्रबार, वैशाख ७, २०८१

दश तालको सहर पोखरा !

सुनील उलक २०७९ असार १९ गते ११:५१

धेरैले भन्ने गर्दछ सात तालको सहर पोखरा । तर होइन पोखरा त दश तालको सहर हो । सात ताल त लेखनाथमा थियो भने तीन ताल पोखरामा थियो । तर अहिले हामी खोज्न हिड्यौ भने न त लेखनाथमा सात ताल भेटिन्छ न त पोखरामा नै तीन ताल भेटिन्छ ।

लेखनाथ क्षेत्रमा रहेका बेगनास, रुपा, दिपाङ्ग, खाष्टे, न्युरेनी, गुँदे तथा मैदी सात तालमा अचेल बेगनास र रुपा मात्र भेटिन्छन् । अन्यले बिस्तारै अस्तित्व गुमाउँदै गइरहेको छन् । पोखरा क्षेत्रमा फेवा, कमलपोखरी तथा माछापोखरी छन् । माछापोखरी र कमलपोखरी घरघडेरीले ढाकिसकेको छ ।

दुई-चार दिन लगातार वर्षात भएमा भने कमलपोखरीले आफ्नो स्वरुप देखाउने कोशिस गर्छ । यहाँका घरहरुलाई जलमग्न बनाउने कोशिस गर्छ । तर माछापोखरीलाई भने जिवन्त बनाउने प्रयास भएको देखिन्छ । स्थानीयको सहभागिताले सानै रुपमा भए पनि माछापोखरीलाई जीवित बनाउन थालिएको छ ।

प्रतिक्रिया