प्रधानसेनापति शर्मा आज स्वदेश फर्कंदै

नेपालखोज २०७९ असार १९ गते ७:०७

काठमाण्डौं । अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा आज आइतबार स्वदेश फर्कदै छन ।
कार्यक्रम रहेको सैनिक मुख्यालयले जनाएको छ । शर्माले अमेरिका भ्रमणमा रहँदा न्युर्योकस्थित संयुक्त राष्ट्रसंघ मुख्यालयको भ्रमण गरेका थिए ।

भ्रमणको क्रममा प्रधान सेनापति महारथी शर्माले युएन मुख्यालयका उच्च पदस्थ अधिकारीसंग भेट गरेको नेपाली सेनाले जनाएको छ ।

उनले राष्ट्र संघका सैन्य सल्लाहकार जनरल बिरामे डिओप, शान्ति मामिला विभागका उपमहासचिव जिन पियरे ल्याक्रोइक्स, अपरेशन सार्पोट बिभागका उपमहासचिव अतुल खरे, राजनीति र शान्ति निर्माण मामिला बिभागका उपमहासचिव रोजमेरी डिकार्लोसँग छुट्टाछुट्टै भेट गरेका थिए ।

प्रतिक्रिया