लोसपाको केन्द्रिय समिति बैठकमा पार्टीको आन्तरिक विषयमा छलफल

नेपालखोज २०७९ असार १९ गते ७:४०

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको केन्द्रीय कार्यकारिणी बैठक आज पनि बस्दैछ ।

बबरमहलस्थित पार्टी कार्यालयमा बस्ने बैठकमा संगठन निर्माण, केन्द्रीय समिति, गठबन्धन, कार्यकारिणी समिति विस्तार, भातृ संगठन निर्माण लगायतका विषयमा छलफल हुने बताइएको छ ।
साथै अगामी चुनावमा कुन दलसँग सहकार्य गर्ने भन्ने बारेमा पनि छलफल हुने एक नेताले बताएका छन। समसामयिक राजनीतिक बिषयमा छलफलका लागि बैठक हिजो पनि बसेको थियो ।

प्रतिक्रिया