राससलाई निष्पक्ष समाचार संस्थाको रुपमा थप विकसित गर्छु : कार्यकारी अध्यक्ष झा

झापा । राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससलाई राष्ट्रको आवाज बोक्ने निष्पक्ष, स्वतन्त्र र आधिकारिक समाचार संस्थाको रुपमा थप विकसित गरिने बताएका छन ।
आज बिहान भद्रपुरस्थित रासस झापा कार्यालयको निरीक्षण गर्दै उनले रासस जनताको करबाट सञ्चालित सरकारी निकाय भएको हुँदा यसको सेवा जनमुखी, पूर्वाग्रहमुक्त र देशको आवाजबाहक बन्नुपर्नेमा जोड दिए ।
राससको समाचार अझ बढी विश्वसनीय, जनमुखी र खोजमूलक बनाउन आफ्नो भूमिका रहने जनाउँदै उनले राससको ग्राहक र पाठक वृद्धिका लागि कार्ययोजना ल्याइने बताए ।
सो अवसरमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष बिपुल पोखरेल, प्रेस काउन्सिल नेपालका अनुगमन अधिकृत लोकराज भट्ट, महासङ्घ झापाका पूर्वअध्यक्षद्वय गोविन्द्रचन्द क्षेत्री र मोहन काजी, महासङ्घका केन्द्रीय पार्षद ज्ञानेन्द्र निरौलाले समेत रासस कार्यालयको निरीक्षण गरेका थिए ।
रासस झापा कार्यालयकी प्रमुख चन्द्रकला भण्डारीले उक्त अवसरमा राससको स्थानीय अवस्था, अवसर र चुनौतीका विषयमा जानकारी गराएकी थिइन ।








प्रतिक्रिया