आइतबार, वैशाख २८, २०८२

ओन्टारियाेविरुद्धकाे टी-ट्वान्टीमा नेपालकाे जित

नेपालखोज २०७९ असार २० गते ७:१८

काठमाडाैं । क्यानडामा भएकाे दाेस्राे अभ्यास खेलमा पनि नेपाल विजयी भएकाे छ । ओन्टारियाे क्रिकेट क्लबमाथि ५५ रनकाे जित निकालेकाे हाे । 

एक दिवसीय क्रिकेटमा ६९ रनकाे जित दर्ता गरेकाे नेपालले गयराति भएकाे टी-ट्वान्टीमा ओन्टारियाेलाई २१० रनकाे लक्ष्य दिएकाे थियाे । जवाफमा ओन्टारियाे  १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ५४ रनमा राेकियाे ।

 भरुण सेहदेबले ५० रनको अर्धशतकीय पारी खेल्दा नरेश बुढाऐरले ४१ रन बनाएका थिए । नेपालका सोमपाल कामीले  २ विकेट लिँदा करण केसी, आदील आलम र किशोर महतोले १-१ विकेट लिए । टस जितेर पहिला ब्याटिङ गरेको नेपाले निर्धारित ओभरमा ४ विकेट गुमाएर २०९ रन बनाएको थियाे ।

प्रतिक्रिया