मंगलबार, पुष १, २०८२

जसपाले तीन मन्त्रीलाई फिर्ता बाेलाउँदै गर्‍याे नयाँ सिफारिस

नेपालखोज २०७९ असार २० गते ९:२६

काठमाडाैं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले तीन मन्त्रीलाई फिर्ता बोलाएकाे छ । जसपाले तीन मन्त्रीलाई फिर्ता बाेलाउँदै नयाँलाई मन्त्री सिफारिस गरेकाे जनाइएकाे छ ।

जसपाले सरकारबाट कृषि मन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री रामसहाय यादवलाई फिर्ता बोलाएको हो ।

नयाँ मन्त्रीमा भौतिक पूर्वाधार मन्त्रालयमा मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपक्षी मन्त्रालयमा मृगेन्द्रकुमार सिंह र बन मन्त्रालयमा प्रदीपकुमार यादव सिफारिस भएका छन् ।

प्रतिक्रिया