बुधबार, वैशाख १९, २०८१

नेपाली टिमले केन्यामा खेल्ने टी-ट्वान्टी र एक दिवसीय सिरिजको मिति सार्वजनिक

नेपालखोज २०७९ साउन २४ गते १८:४३

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टिमले केन्यामा खेल्ने टी- ट्वान्टी र एक दिवसीय सिरिजको मिति सार्वजनिक भएको छ ।

नेपालले केन्यासँग अगष्ट २५ देखि सेप्टेम्बर ५ सम्म ५ म्याचको टी-ट्वान्टी र ३ म्याचको एक दिवसीय सिरिज खेल्ने छ । पहिलो टी-ट्वान्टी अगष्ट २५ मा हुने छ दोस्रो एक टी-ट्वान्टी अगष्ट २६ मा हुने छ ।

यसैगरी २७ तारिखमा रेष्ट डे राखिएको छ भने २८, २९ र ३० अगष्टमा लगातार ३ वटा टी-ट्वान्टी आयोजना हुने छ । यस्तै एक दिवसीय सिरिजको रुपमा सेप्टेम्बर २ मा पहिलो खेल हुने छ ।

३ तारिखमा दोस्रो एक दिवसीय हुँदा पाँच सेप्टेम्बरमा तेस्रो एक दिवसि सकिएपछि नेपाली टिम स्वदेश फिर्ता हुने छ ।

यही सिरिजबाट नेपाली टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले टिम सम्हाल्ने छन् । नेपाली टिमको तयारीका लागि उनी बिहीबार नेपाल आइपुग्ने बताइएको छ । 

प्रतिक्रिया