सरकारद्वारा मन्त्रिपरिषद् हेरफेर, जसपाबाट तीनजना नयाँ मन्त्री नियुक्त

काठमाडौं । सरकारले मन्त्रिपरिषद् हेरफेर गरेको छ । नयाँ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् हेरफेर गरेको हो । जनता समाजवादी पार्टी (जसपा) बाट सरकारमा गएका तीन जना मन्त्री फिर्ता भएका छन् । उनीहरु फिर्ता भएसँगै नयाँ मन्त्रीहरू नियुक्त भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वन तथा वातावरण मन्त्रीमा प्रदीप यादव, कृषि मन्त्रालयमा मृगेन्द्रकुमार सिंह यादव र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा मोहम्मद इस्तियाक राईलाई नियुक्त गरेकी छन् । नयाँ मन्त्रीहरूको शपथ आजै हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।
जसपाले यसअघि भौतिक पूर्वाधार मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहाय यादव र कृषिमन्त्री महिन्द्रराय यादवलाई सरकारबाट फिर्ता बोलाएर न्याँ मन्त्रीको नाम प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो । जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ भने मन्त्री पदमा कायमै रहेका छन् ।
यसअघि भौतिक पूर्वाधार मन्त्री रेणुकुमारी यादव भने मन्त्री पदबाट हटाइएपछि रुष्ट भएकी छन् । उनले नयाँ मन्त्री नियुक्त गरेर मन्त्रीपरिषद् विस्तार गर्ने कदमको विरोध गरेकी हुन् । जसपा आन्तरि विवाद चुलिएसँगै नयाँ मन्त्री पिन चयन भएका हुन् ।



प्रतिक्रिया