माओवादी बैठक : प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको प्रचण्डले जबाफ दिँदै
नेपालखोज
२०७९ असार २१ गते ६:५१

काठमाडाैं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज (मंगलबार) पनि बस्दैछ । आज बस्ने बैठकमा केन्द्रीय सदस्यहरूले राखेको धारणामाथि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने कार्यसूची तय भएको छ ।
प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले उठाएको प्रश्नको अध्यक्षले प्रचण्डले स्पष्टीकरण दिने कार्यसूची तय भएको हाे ।
यसअघि हिजाेको बैठकमा केन्द्रीय समितिका पदाधिकारी र स्थायी कमिटी गठन माग पनि गरेका थिए । आइतबार बसेको केन्द्रीय समितिको बैठकमा पार्टी प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि नेताहरूले आफ्नो धारणा राख्दै पदाधिकारी र स्थायी कमिटी गठन गर्न माग गरेका थिए ।
सम्बन्धित








प्रतिक्रिया