पाउन्ड एकको खरिददर १५२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५५ पैसा

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२६ रुपैयाँ ०३ पैसा र बिक्रीदर १२६ रुपैयाँ ६३ पैसा रहेको छ ।त्यस्तै, युरो एकको खरिददर १३१ रुपैयाँ ७० पैसा र बिक्रीदर १३२ रुपैयाँ ३३ पैसा रहेको बैंकले जनाएकाे छ ।
त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५५ पैसा रहेको छ भने, कतारी रियालको मूल्य एकको खरिददर ३४ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३४ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, जापानी यान १० काे खरिददर ९ रूपैयाँ ३१ पैसा रहेकाे छ भने बिक्रीदर ९ रूपैयाँ ३५ पैसा रहेकाे छ । यसैगरी साउदी रियाल एककाे खरिददर ३३ रूपैयाँ ६५ पैसा रहेकाे छ भने, बिक्रीदर ३३ रूपैयाँ ७४ पैसा रहेकाे राष्ट्र बैंकले जनाएकाे छ ।
हेर्नुहाेस् विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया