रिलायन्स लाइफले कम्पनीको ब्यानर सगरमाथाको चुचुरोमा फहराउने दाकिपा शेर्पालाई गर्याे सम्मान

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको बिमाकर्मी दाकिपा शेर्पाद्धारा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ब्यानर विश्वको सर्वाेच्च शिखर सगरमाथाको चुचुरोमा फहराएका छन् । दाकिपा शेर्पा पेशाले क्लाईम्विङ गाइड हुन् । उनको स्थायी ठेगाना सोलुखुम्बु जिल्ला, महाकुलुङ गाउँपालिका, वडा नम्बर ०१ हो ।
उनी क्लाईम्विङ सिजनमा ट्रेकिङ गाइडको रुपमा काम गर्छन् र अफ सिजनमा रिलायन्स लाइफ इन्स्योरेन्ससँग आवद्ध भइ काम गर्छन । बिशेषगरी कोरोना महामारीको समयमा उनी रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडसँग जोडिन पुगेका थिए । उनले यही मिति २०७९ साल बैशाख २९ गते बिहान २ बजेर २९ मिनेटमा विश्वको सर्वाेच्च शिखर सगरमाथाको चुचुरो चुमी रिलायन्स लाइफ इन्स्योरेन्सको ब्यानर फहराएका थिए ।
सगरमाथा आरोही दाकिपा शेर्पालाई रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आज एक कार्यक्रम आयोजना आयोजना गरी कम्पनीको केन्द्रिय कार्यालयमा उहाँको साहसको प्रशंसा गर्दै सम्मान गरेको छ । उनलाई कम्पनीका अध्यक्ष श्री ताराचन्द केडियाले खादा र कदरपत्रले स्वागत एवं सम्मान गरे ।
दाकिपा शेर्पा रिलायन्स लाइफ इन्स्योरेन्सका एक सफल बिमाकर्मी हुन् । जसले हामीलाई यस्तो गर्व गर्ने स्थान दिएको छ र हाम्रो ब्राण्डलाई सगरमाथाको चुचुरोमा पु¥याई दिएका छन् । मलाई विश्वको अग्लो शिखर सगरमाथामा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको व्यानर फहराउन पाउँदा असाध्यै खुशी लागेको छ । त्यो क्षणमा मैले सबै थकाइ बिर्सेछु । अन्तमा रिलायन्स लाइफ इन्स्योरेन्स परिवार र हाम्रो बालुवाखानीका शाखा प्रमुख गोपाल बस्नेत सर लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, आरोही दाकिपा शेर्पाले भने ।
यस सम्मान कार्यक्रममा कम्पनीका सम्पुर्ण कर्मचारीहरु , संचालक समितिका सदस्यहरु एवं मिडियाकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
सोही अवसरमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड कम्पनी व्यवस्थापनको तर्फबाट हृदयदेखि नै धन्यवाद दिँदै रु ५० लाख बराबरको रिलायन्स म्यादी जीवन बीमा पोलिसीद्वारा उनलाई सम्मान गर्न पाउँदा रिलायन्स लाइफ इन्स्योरेन्स गर्व गर्छ, कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले भने ।








प्रतिक्रिया