सानिमा बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा १० प्रतिशतसम्मकाे छुट
नेपालखोज
२०७९ असार २१ गते २१:०६

काठमाडौं । सानिमा बैंक र अन्नपूर्ण केबलकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी अन्तर्गत बैंकका ग्राहकहरुले अन्नपूर्ण केबलकारको टिकट किन्दा सानिमा बैंकको मोवाईल बैंकिङबाट क्युआर कोड स्क्यान वा डेबिट तथा क्रेडिट कार्डमार्फत रकम भुक्तानी गरेमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ ।
उक्त समझदारी पत्रमा सानिमा बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख सुदिप कुमार हलवाई र अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रर्वन्धक दिनेश पौडेलले हस्ताक्षर गरेका छन् ।
सानिमा बैंकको देशका सातै प्रदेशमा एक सय २७ वटा शाखा कार्यालय र एक सय २० वटा एटीएम संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्तालाई विभिन्न अस्पताल, सपिङ्ग आउटलेट होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।
सम्बन्धित








प्रतिक्रिया