माओवादीको केन्द्रीय समिति बैठक आज
नेपालखोज
२०७९ असार २२ गते ६:४४

काठमाडाैं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । आजकाे बैठकमा केन्द्रीय सदस्यहरूले राखेको धारणामाथि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने कार्यसूची रहेकाे छ ।
माओवादी केन्द्रको पूर्वस्थायी कमिटी र इन्चार्जहरूको बैठकले पार्टीको पोलिट्ब्यूरो, स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव ल्याउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियाे ।
हिजै बस्ने भनिएकाे बैठक पदाधिकारी चयन लगायतबारे अन्तरिक छलफल गर्न भन्दै स्थगित भएको थियाे । साेही बैठक आज बस्न लागेकाे हाे ।
सम्बन्धित








प्रतिक्रिया