वर्षाका कारण क्यानडाविरुद्धकाे पहिलाे एक दिवसीय रद्ध
नेपालखोज
२०७९ असार २२ गते ७:०१

काठमाडाैं । नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय क्रिकेट रद्ध भएको छ । गयरातिका लागि तय भएको खेल वर्षाका कारण रद्ध भएको हो । आईसीसी विश्वपक लिग ‘टू” क्रिकेट प्रतियोगिताको तयारीका लागि नेपाली टिम क्यनडा पुगेको हो ।
क्यानडासँग आज दोस्रो एक दिवसीय हुने छ । यो खेलमा पनि मौसम बाधक बन्ने अनुमान गरिएको छ । आजको एक दिवसीय पछि लिग टूका लागि नेपाली टिम उतैबाट स्कटल्याण्ड जाने छ । स्कटल्याण्मा नेपालले नामेवियासमेत सहभागी त्रिकोणात्मक सिरिज खेल्ने छ ।
सम्बन्धित
प्रतिक्रिया