शनिबार, असार ७, २०८२

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

नेपालखोज २०७९ असार २२ गते ११:०४

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीकाे भाउ घटेको छ । छापावाल सुन प्रतितोला १६ सयले बढेर ९६ हजार रुपैयाँ कायम भएको छ । मंगलबार पनि छापावाल सुन प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ १६ सयले घटेको छ । आज प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार प्रतितोला ९७ हजाज १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य ३० रुपैयाँ घटेको छ । चाँदी आज प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी पनि प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।

प्रतिक्रिया