किंग लंगका विद्युतीय माइक्रो बस नेपाली बजारमा

काठमाडाैं । जाईमेन किङ्ग युनाईटेड लङ्ग अटोमोटीभ लिमिटेडले उत्पादन गर्ने विद्युतीय सवारी साधनको नेपाली बजारमा विक्री वितरणको शुभारम्भ गरेको छ । नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता श्री इकाे भिजनरी प्रालिले १४ सिट क्षमताकाे याे माइक्राेबस नेपाल भित्र्याएकाे हाे ।
अर्बन ट्रान्सपोर्टेसनका लागि किङ्गविन नेपाली आवश्यताको लागि निकै उपयोगी हुने कम्पनीले जनाएको छ । एक सय किलोमिटर प्रतिघण्टाको उच्चतम रफ्तार लिन सक्ने माइक्राेबसमा ५० किलाेवाट आवरकाे ब्याट्रि जडान गरिएकाे छ । जडान गरिएकाे ८० किलाेवाटकाे माेटरले २८० न्युटनमिटर टर्क उत्पादन गर्दछ । एकपटककाे फुल चार्जमा २५० किलाेमिटर चलाउन सकिने याे माइक्राे बस फास्ट चार्जिङकाे माध्यमबाट ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।
शोध तथा अनुसन्धानलाई उच्चतम प्राथमिकतामा राख्ने किंग लड़ आफना तिनै उद्योग मार्फत वार्षिक १ लाख बस तथा माइक्रो बस उत्पादन गर्दै आएको छ । उद्योग संचालनको तिन दशक पार गरिसकेको किड़ लंगले ४ लाख बस तथा माइक्रोबसको उत्पादन तथा विक्री वितरण गरे चीनियाँ बस उत्पादक तर्फ पहिलो स्थान हाँसिल गर्न सफल भएको हो ।
१३० देशहरूमा आफ्ना उत्पादनहरू निर्यात गर्ने किड लङ्ग युरोपेली बजारमा एउटा विश्वासिलो ब्राण्ड बन्न सफल भईसकेको छ ।
बेलायत, फ्रान्स, जर्मनी, इटाली, स्वेडेन, माल्टा जस्ता देशहरूमा बजारमा अग्रस्थान हाँसिल गर्न सफल किंग लंगले नेपाली बजारमा भने विद्युतीय माइक्रो बस लिएर प्रवेश गरेको हो । चीनको टप ५०० भ्यालुएबल ब्राण्डस् इन चाईनामा लगातार १४ वर्ष यता रहन सफल किङ्ग लङ्गले गुणस्तरीय र टिकाउ सार्वनिक यातायातका साधनहरू उत्पादन गर्ने ब्राण्डको रूपमा विश्व बजारमा आफ्नो पहिचान बनाउन सफल भएको छ ।
विश्व बजारका यातायात साधनहरूमा आवश्यक विभिन्न गुणस्तरीय मापदण्डहरू पुरा गरेको किङ्ग लड़ प्रतिस्पर्धी मूल्य, किफायती संचालन खर्च र सस्ता स्पेयर्सपार्टस्को लागतका माध्यमबाट आफ्ना उपभोक्तालाई बढी लाभान्वित गराउन सफल हुँदै आएको छ ।
नेपाली बजारमा किङ्ग लङ्गको प्रवेश नेपाली बजारमा श्रीइको भिजनरी प्रालीले किङ्ग लङ्गलाई भित्र्याएको हो । नेपालका लागि एक मात्र आधिकारीक विक्रेताको रूपमा विद्युतीय सवारी साधनको विकास, विस्तार र शोध तथा अनुसन्धानमा दुई दशक यता अनवरत रूपमा सक्रिय रहँदै आएको श्री ईको भिजनरीले किङ्ग लङ्गको विद्युतीय माईक्रो बस किङ्गविन एक्सएमक्यु६५२०ईभी नेपाली बजारमा भित्र्याएको हो ।
१४ सिट क्षमताको यो माईक्रोबस हेर्दा जति आकर्षक छ, डिजाइन र फङ्गसनालिटीका दृटिकोणले उत्तिकै बेजोड रहेको छ । अर्वन ट्रान्सपोर्टेसन तथा इन्टर सिटी ट्रान्सपोर्टेसनका लागि किविन नेपाली आवश्यकतामा निक्कै उपयोगी हुने देखिन्छ ।
एक पटकको फुल चार्जमा २५० किलोमिटर चलाउन सकिने यो माईक्रो बस फाष्ट चार्जिङ्गका माध्यमबाट एक घण्टामा ८० प्रतिशत चार्ज गर्न सकिन्छ । पर्यटक बस, स्कुल वस, कार्यालयका कर्मचारीहरूको सटलको रूपमा प्रयोग गर्न, विमानस्थल भित्र यात्रुको आवगमनमा प्रयोग गर्न होस् या सार्बजनिक यात्रुबाहक बसको रूपमा संचालन गर्नहोस् सबै अवस्थामा किङ्गविन पूर्ण उपयोगी छ ।
आजको इन्धन मूल्यमा साधारण १४ सिटे ग्यासोलिन इन्जिन भएको माईक्रोबसको प्रति किलोमिटर लागत २५ रूपैया पर्ने अवस्थाको विपरीत यस विद्युतीय माईक्रोबसको प्रतिकिलोमिटर लागत पच्चिस पैसाको हाराहारीमा मात्र पर्न आउने तथ्य यहाँ भूल्नै हुँदैन ।
विद्युतीय सवारी साधनको प्रयोगले देशबाट इन्धन आयातका लागि वाहिरिने मुद्रा बचत गर्नुका साथै फोसिल फ्युलको प्रयोगबाट हुने वायु प्रदुषण नियन्त्रणमा समेत प्रभावकरी भूमिका खेल्छ चिटिक्क परेको डिजाइन, लोडेड फिचरहरू, प्रतिस्पर्धी मूल्य, बलियो र टिकाउ, किफायती संचालन खर्च, प्रदुषण नियन्त्रणमा सहयोगी आदि विशेषताले सुसज्जित यो र यस्ता विद्युतीय माईक्रोबसको प्रयोगले देशको आर्थिक तथा पर्यावरणीय विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसलाई नेपाली बजारमा भित्र्याईएको श्रीईको भिजनरी प्रालीका अध्यक्ष उमेश श्रेष्ठले बताउनु भएको छ ।
श्रीईको भिजनरी सन् २००३ मा स्थापना भएको एसईभी ग्रुप अन्र्तगतको श्री ईको भिजनरीले विद्युतीय सवारी साधनको विकास, विस्तार र शोध तथा अनुसन्धानमा स्थापना काल देखी नै निरन्तर सक्रियता जनाउँदै आएको छ । यसले तिन चक्के सफा टेम्पो उत्पादन, नेपाली आवश्यकता अनुरूपको लिथियम आयन ब्याट्रि प्याकको डिजाईन, सार्बजनिक प्रयोगमा विद्युतीय सवारी साधनको फ्लिट अपरेसन, चार्जिङ स्टेसन संचालन, इन्धनबाट चल्ने सवारीसाधनलाई विद्युतीय सवारी साधनमा रूपान्तरण लगायतका क्षेत्रमा देशकै अग्रणी कम्पनीको रूपमा रहँदै आएको छ । श्रीईको भिजनरी विद्युतीय सवारी साधनको आयात तथा विक्री वितरणमा समेत संलग्न रहँदै आएको छ ।








प्रतिक्रिया