गुडिरहेको मोटरसाइकलमा चट्याङ लाग्दा एकजनाको मृत्यु

नेपालखोज २०७९ असार २२ गते २१:४३

वाग्मती । पूर्वी मकवानपुरको बागमतीमा मोटरसाइकलमा सवार एकजनाको चट्याङ लागेर मृत्यु गएको छ । आज वाग्मती गाउँपालिका–४ को पाँचपाण्डव भन्ने ठाउँमा गुडिरहेको मोटरसाइकलमा चट्याङ लाग्दा मोटरसाइकलमा सवार वाग्मती–१ करौँजेका २२ वर्षीय दिव्यप्रकाश राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज वाग्मती पालिकाको केन्द्र झुरझुरेबाट डिजेल लिएर करौंजेतर्फ जाँदै गरेको पाँचपाण्डव पुल नजिकै चट्याङ लाग्दा बा ६० प ९४९१ नं को मोटरसाइकलको पछाडि बसेका राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय फाँपरबारीका प्रहरी निरीक्षक कमल लङ्देलीले जानकारी दिए । उनका अनुसार मोटरसाइकल चालक भने सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया