प्रतिनिधिसभाको बैठक : प्रधानमन्त्रीले मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने
नेपालखोज
२०७९ असार २३ गते ६:५२

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो २ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने संदद् सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘मुस्लिम आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/२०७८’ पेस गर्नेछन् ।
गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने प्रस्ताव प्रस्तुत् गर्ने कार्यसूची छ । सभामुख अग्निप्रसाल सापकोटाले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ सम्बन्धी समितिको प्रतिवेदन र विधेयकका दफाहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

सम्बन्धित

प्रतिक्रिया