नेपाल वायुसेवा निगमका अध्यक्ष अधिकारीद्धारा कार्यभार ग्रहण
नेपालखोज
२०७९ असार २४ गते १६:५७

काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आज आफ्नो कार्यभार ग्रहण गरी नियमित कार्य प्रारम्भ गरेका छन् । सरकारले कार्यकारी अध्यक्षलाई असार ६ गते निलम्बन गरेकोमा अधिकारीले सो मा चित्त नबुझी असार १३ गते सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।
योअनुसार सर्वोच्च अदालतले हिजो (बिहीबार) २३ गतेमा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै कार्यकारी अध्यक्ष अधिकारीलाई काममा र्फकन बाटो खोलिदिएको हो । कार्यभार ग्रहण गर्दै कार्यकारी अध्यक्ष अधिकारीले सम्पूर्ण कर्मचारीबाट पूर्ण सहयोग पाउने विश्वास व्यक्त गर्दै आफू निगमको उन्नति प्रगतिमा सक्रिय रहने दृढता व्यक्त गरे ।
सम्बन्धित








प्रतिक्रिया