बिहीबार, पुष ३, २०८२

सडक दुर्घटनामा ९ जनाको मृत्यु

नेपालखोज २०७९ असार २४ गते १८:०७

बेइजिङ । यहाँको उत्तरी राज्य कादुनामा बिहीबार भएको सडक दुर्घटनामा परि नौ जनाको ज्यान गएको छ । बिहीबार बस र कार जुध्दा सवारीमा रहेका कम्तीमा पनि नौ जनाको ज्यान गएको छ भने अरु १२ जना घाइते भएका छन् ।

कादुनाको ‘फेडरल रोड सेफ्टी कोपोरेसन’का कमाण्डर हाफिज मोहम्मदले कादुना सहरमा तीव्र गति, गलत ओभरटेक गर्ने र नियन्त्रण गुमाउनुका कारण दुई ट्रक, बस र कार ठोक्किएको पत्रकारहरूलाई बताएका छन् ।

घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको पनि मोहम्मदले बताएका छन् । उक्त प्रान्तमा भारीमा मात्रामा सवारी साधनहरुका कारण बारम्बार यस्तो दुर्घटना हुने गर्छ । बिहीबारको दुर्घटना पनि सडकमा सवारी साधनहरुको चापका कारण भएको प्रहरीले प्रारम्भिक अनुसन्धानमा जनाएको छ ।

प्रतिक्रिया