बिहीबार, जेठ २, २०८२

भारतमा १९ हजार जनामा कोरोना संक्रमण

नेपालखोज २०७९ असार २५ गते ११:५३

नयाँदिल्ली । भारतमा गत चौबीस घण्टामा १९ हजार जना कोरोना भाइरस संक्रमित भएको छ । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार थप १८ हजार ८४० जना कोरोना भाइरसबाट संक्रमित भएका हुन् ।

योसँगै भारतमा अहिलेसम्म कुल संक्रमितको सङ्ख्या चार करोड ३६ लाख चार हजार ३९४ पुगेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो एक दिनमा देशभर कुल चार लाख ५४ हजार ७७८ जनाको कोरोना परीक्षण गरिएको पनि मन्त्रालयका अधिकारीले जनाएका छन् ।

भारतमा पछिल्लो समयमा सक्रिय संक्रमितहरुको सङ्ख्यामा पनि वृद्धि भएको देखिएको मन्त्रालयले जनाएको छ । पछिल्लो ४ महिनामा अहिले सबैभन्दा धेरै देखिएका हुन् । सोही अवधिमा कोरोना भाइरसका कारण भारतमा थप ४३ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको सङ्ख्या पाँच लाख २५ हजार ३४६ पुगेको छ ।

प्रतिक्रिया