शनिबार, पुष ५, २०८२

एनआईसी एशियाद्वारा ३ ग्राहकलाई ३० लाख बिमा रकम भुक्तानी

नेपालखोज २०७९ असार २५ गते १६:००

काठमाडौं । एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत बैंकमा बचत खाता खोलेका तीन ग्राहकलाई घातक रोगको बिमा वापत प्रतिव्यक्ति १० लाखको दरले कुल ३० लाख बिमा रकम भुक्तानी गरेको छ ।

बिमा लाभ प्राप्त गर्नेमा बैंकको स्वयम्भु शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलेका हरिन्द्र शाह तेली, जाजरकोट शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलेका प्रचण्ड जंग शाह र थली शाखामा सर्वश्रेष्ठ कागेश्वरी मनोहरा नगरपालिका बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलेका सञ्जित तामाङ रहेका छन् ।

ती लाभदायीहरूलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र चिफ स्ट्राटेजी अफिसर विशाल सिग्देलले संयुक्त रुपमा एक कार्यक्रमकाबिच बिमा रकम बराबरको चेक हस्तान्तरण गरेका हुन । बैंकले नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा बिमा रकम भुक्तानी गरेको हो ।

बैंकको बचत खातामा उपलब्ध बिमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका एक हजार एक सय ३७ भन्दा बढी ग्राहकले घातक रोग बिमा वापत दुई करोड ४० लाख, दुर्घटना बिमा वापत ४० लाख र मेडिकल बिमा वापत दुई करोड ६९ लाख गरी कुल पाँच करोड ४९ लाख भन्दा बढी बिमा रकम प्राप्त गरिसकेका छन् ।

बैंकले हाल सर्वाधिक उच्च ब्याजदर, पाँच वर्षसम्म निःशुल्क ८४ लाखसम्मका तीन बिमा (१८ वटा घातक रोगहरूको बिमा, दुर्घटना बिमा र मेडिकल बिमा) सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, तीन कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदा र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदा भएको सर्वश्रेष्ठ बचत खाता ग्राहकमाझ ल्याएको छ । यस बचत योजनाअनुसार ग्राहकले प्राप्त गर्ने बिमा, कर्जासम्बन्धी सुविधालगायत डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो सेयर खाता, ई-कमर्स नवीकरण, चेक क्लियरिङ, आरटिजिएस, आइपिएस/सी आइपिएस/फन्ड ट्रान्सफर, लकर मार्जिन, लकर सेवा र एटिएम सेवाहरू ग्राहक एवं निजले मनोनित गरेका अन्य ३ व्यक्तिहरूका लागि समेत पाँच वर्षका लागि पूर्ण रूपमा निःशुल्क हुने व्यवस्था बैंकले गरेको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका तीन सय ५९ शाखा कार्यालय, चार सय ७३ वटा एटीएम, एक सय दुईवटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सन्जाल भएको बैंक हुन पुगेको छ ।

देशको कुल जनसंख्यामध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब तीन अर्ब १६ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ ।

जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैटौं ठूलो योगदान रहेको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालीकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।

प्रतिक्रिया