आइतबार, जेठ ५, २०८२

बीबीए छैटौं सेमेस्टरको परीक्षामा पाठ्यक्रममै नभएको प्रश्न !

नेपालखोज २०७९ असार २५ गते १६:२३

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्र बनाउँदा एकपछि अर्को लापरबाही गर्ने क्रम बढेको छ । पछिल्लो समय बीबीए छैठौं सेमेस्टरको परीक्षामा पाठ्यक्रममै नभएको प्रश्न सोधिएको छ । लापरबाही गर्दै आफ्नो भविष्यमाथि त्रिविले खेलवाड गरेको गुनासो गर्दै विद्यार्थीहरु आन्दोलित भएका छन् ।

‘नेपाली राजनीति र समाज’ विषयको परीक्षाको प्रश्नपत्रमा पाँचौं सेमेस्टरको समाजशास्त्र विषयका प्रश्नहरू सोधिएको विद्यार्थीहरूको दाबी छ । यही असार २२ गते भएको संस्थागत व्यवहार विषयको प्रश्नपत्रमा पनि कमजोरी भेटिएको विद्यार्थीहरूले गुनासो गरेका छन् ।

प्रतिक्रिया