शनिबार, वैशाख २२, २०८१

सेयर बजार : नेप्से १,९९२ अंकमा रोकिँदा १४ अर्ब ९५ करोडको कारोबार

नेपालखोज २०७९ असार २५ गते १६:५९

काठमाडौं । यो साता नेप्से १९ सय ९२ दशमलव ६१ अंकमा सीमित भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय ७९ दशमलव ८८ अंकमा सीमित हुन पुगेको छ ।

सातामा दुई सय ३४ कम्पनीको दुई लाख ५९ हजार सात सय ३० पटकको कारोबारमा तीन करोड ९८ लाख ६० हजार पाँच सय ६० कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम १४ अर्ब ९५ करोड १५ लाख ३२ हजार नौ सय २६ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा चार अर्ब रुपैयाँले बढी हो ।

गत साता भने नेप्सेमा दुई सय ३० कम्पनीको दुई लाख १६ हजार दुई सय ८५ पटकको कारोबारमा तीन करोड तीन लाख ४६ हजार तीन सय ७९ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ६४ करोड ८५ लाख ४१ हजार सात सय ९३ रुपैयाँको कारोबार भएको थियो । यो साता नेप्से नियमित कारोबारका लागि ६ कार्य दिन नै खुलेको थियो । जसमध्ये दोस्रो, तेस्रो, पाँचौं र छैटौं दिन नेप्से उच्च अंकले घटे पनि पहिलो र चौथो दिन भने नेप्से बढेको थियो ।

सोअनुसार पहिलो दिन ५७ दशमलव ६५ अंकले बढेर दुई हजार ८६ दशमलव ४२ अंकमा चढ्न सफल भएको नेप्से अन्तिम कारोबार दिन पनि ३४ दशमलव ७१ अंकले घटेर एक हजार नौ सय ९२ दशमलव ६१ अंकमा खुम्चिएको छ । यीबाहेकका बाँकी दिनमा एक कार्य दिन नेप्से बढे पनि बाँकी दिनमा उच्च अंकले घटेको थियो ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन १० दशमलव २१ अंंकले बढेर तीन सय ९८ दशमलव ८२ अंकमा पुग्न सफल भएकामा अन्तिम कारोबार दिन पाँच दशमलव ६१ अंंकले घटेर तीन सय ७९ दशमलव ८८ अंकमा खुम्चिन पुगेको थियो ।

नेप्सेमा यो साता हिमालयन डिस्ट्रिलरी प्रालि, नेसनल हाइड्रो पावर कम्पनी, नेपाल टेलिकम आदिको बढी रकम कारोबार भएका छन् भने नेपाल टेलिकम, नेसनल हाइड्रो पावर कम्पनी आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् ।

बजार पुँजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।

प्रतिक्रिया