शुक्रबार, पुष ४, २०८२

सगरमाथा इन्स्योरेन्सद्वारा १२ करोड रुपैयाँ दाबी भुक्तानी

नेपालखोज २०७९ असार २६ गते १६:५६

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले १२ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

कम्पनीका अनुसार आर्थिक वर्ष २०७८ मा आएको बाढी–पहिरोको कारणले भएको क्षतिअन्तर्गत दाबीबापत मादी पावर प्रालिलाई १२ करोड तीन लाख नौ हजार तीन सय ५२ रुपैयाँ भुक्तानी गरेको छ ।

उक्त रकमबराबरको चेक मादी पावर प्रालिका जनरल म्यानेजर वी जोन्छाउलाई सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्तान्तरण गरेका हुन् ।

सगरमाथा इन्स्योरेन्स कम्पनीले दाबी भुक्तानीमा संवेदनशील रही आफ्नो ग्राहकलाई यथाशक्य चाँडै दाबी भुक्तानी गर्न प्रयत्नशील रही आएको जानकारी दिएको छ । कम्पनीले यस आर्थिक वर्षमा एक अर्ब ५३ करोड रुपैयाँबराबरको दाबी भुक्तानी गरिसकेको जानकारी दिएको छ ।

प्रतिक्रिया