शनिबार, जेठ ४, २०८२

विद्यालयमा वर्षाले ठूलो क्षति पुर्‍याउन सक्छ, उच्च सतर्कता अपनाउनू

नेपालखोज २०७९ असार २६ गते २१:१९

काठमाडौं । सरकारले यस वर्ष औसतभन्दा बढी वर्षा हुने भएकाले विद्यालय तथा कक्षाकोठामा क्षति पुग्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विज्ञप्ति जारी गर्दै विद्यालय, अफिस, कक्षाकोठा, खेलमैदान, खानेपानी, शौचालय, पुस्तक, स्टेस्नरीलगायतमा क्षति पुग्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।

उच्च सतर्कता अपनाउदा पनि क्षति पुगे त्यसको विवरण तत्काल शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा पठाउन निर्देशन दिइएको छ ।

केन्द्रले सातवटै प्रदेशका सामाजिक विकास तथा शिक्षा मन्त्रालय, ७५३ वटै स्थानीय तह, र ७७ वटै शिक्षा विकास तथा समन्वय इकाईलाई निर्देशन दिएको हो ।

प्रतिक्रिया