चिनियाँ नेता जियान्चाओले माओवादी अध्यक्ष प्रचण्डलाई भेट्दै

नेपालखोज २०७९ असार २७ गते ८:१५

काठमाडाैं । आइतबारदेखि नेपाल भ्रमणमा आएका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओले सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दै छन् । 

अपरान्ह ४ बजेदेखि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग होटेल सोल्टीमा सो टोलीले भेटवार्ता गर्नेछ । त्यसपछि सोही होटेलमा चिनियाँ पाहुनाको सम्मानमा माओवादी अध्यक्षले रात्रीभोज आयोजना गर्ने कार्यक्रम छ ।जियान्चाओले आइतबारै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भेटेका थिए ।

प्रतिक्रिया