इंग्ल्याण्डविरुद्धकाे पहिलो एक दिवसीय क्रिकेटमा भारतकाे जित
नेपालखोज
२०७९ असार २९ गते ७:४७

काठमाडाैं । इंग्ल्याण्डविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा भारतले जित निकालेकाे छ । घरेलु टोली इंग्ल्याण्डले दिएको १११ रनको लक्ष्य भारतले १८.४ ओभरमा विना विकेटको क्षतिमा पूरा गर्दै १० विकेटको जित निकालेकाे हाे । भारतलाई जिताउनका लागि रोहित शर्माले ७६ तथा शिखर धवनले ३१ रनको नटआउट पारि खेले । रोहितले ५८ बलमा ७६ रन बनाउँदा ५ छक्का र ७ चौका प्रहार गरे।
यसैगरी शिखरले ५४ बलमा ३१ रन बनाउँदा ४ चौका प्रहार गरेका थिए । यी दुईको जोडीले एक दिवसीय क्रिकेटमा ५ हजार रन पनि पूरा गरेको छ । टस हारेर पहिला ब्याटिङ गरेको इंग्ल्याण्डले २५.२ ओभरमा सवै विकेट गुमाएर ११० रन बनाएको थियो ।
सम्बन्धित
प्रतिक्रिया