आइतबार, जेठ ६, २०८१

नेप्सेमा उच्च अंकले गिरावट, पाँच अर्ब ४७ करोडको सेयर किनबेच

नेपालखोज २०७९ पुष २८ गते १५:३४

काठमाण्डौं । नेप्सेमा उच्च अंकले गिरावट आएको छ । यसअघि अर्थात साताको तेस्रो कारोबार दिन २१ दशमलव ३४ अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज (बिहीबार) पुन: ४१ दशमलव दुई अंकले घटेर २१ सय ४९ दशमलव ४१ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ८९ अंकले घटेर चार सय ११ दशमलव २५ अंकमा झरेको छ ।

दुई सय ५२ वटा कम्पनीहरुको ८३ हजार एक सय १३ पटकको कारोबारमा एक करोड ४४ लाख ८२ हजार नौ सय ५९ कित्ता सेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब ४७ करोड ७६ लाख २४ हजार सात सय २४ रुपैयाँ पुगेको छ ।

नेप्सेमा बिहीबार १३ वटा समूहहरुको कारोबार भएकोमा ट्रेडिङ समूहको सूचक १५ दशमलव ८७ अंकले बढेर बाँकी समूहहरुको सूचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक १५ दशमलव चार अंकले घटेर १४ सय छ दशमलव ८२ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक पनि ९४ दशमलव १६ अंकले घटेर तीन हजार आठ सय १२ दशमलव १२ अंकमा झरेको छ ।

जलबिद्युत समूहको सूचक पनि ५८ दशमलव एक अंकले घटेर २५ सय २८ दशमलव ६५ अंकमा झरेको ६ जीवन बिमा समूहको सूचक तीन सय नौ दशमलव ५६ अंकले घटेर १० हजार ६ सय ९२ दशमलव १६ अंकमा झरेको छ । निर्जिवन बिमा समूहको सूचक पनि दुई सय ३३ दशमलव ८१ अंकले घटेर नौ हजार एक सय ७४ दशमलव दुई अंकमा झरेको छ । फाइनान्स, होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामूहिक लगानी कोष र अन्य समूहहरुको सूचक पनि घटेका छन् ।

नेप्सेमा बिहीबार कुमारी धनबृद्धि योजनाको प्रतियुनिट सेयर मुल्य १० दशमलव दुई प्रतिशतले बढेर १० रुपैयाँ ४३ पैसा अन्तिम मुल्यमा प्रतियुनिट सेयर कारोबार हुँदा गुराँस लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव १८ प्रतिशतले घटेर आठ सय ८२ रुपैयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज शिवम सिमेन्टको प्रतिकित्ता पाँच सय ६६ रुपैयाँ अन्तिम मूल्यमा २२ करोड २० लाख ११२ हजार एक सय ३१ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया