शनिबार, वैशाख २२, २०८१

नेप्सेमा पुनः करेक्सन, ५९ अंकले बढ्दा २ अर्ब ४ करोडको कारोबार

नेपालखोज २०७९ असार २९ गते १५:३६

काठमाडौं । नेप्सेमा पुनः करेक्सन देखिएको छ । अघिल्लो दिन ११ दशमलव ६८ अंकले बढेको नेप्से साताको चोथो कारोबार दिन बुधबार पनि ५९ दशमलव ५४ अंकले बढेर १९ सय ८६ दशमलव ८२ अंकमा चढेको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव ४२ अंकले बढेर तीन सय ८१ दशमलव ३७ अंकमा चढेको छ ।

दुई सय २५ कम्पनीको ३२ हजार सात सय ८२ पटकको कारोबारमा ५७ लाख ८७ हजार एक सय २६ कित्ता सेयर खरिद–बिक्री भएकामा कुल कारोबार रकम दुई अर्ब चार करोड ४४ लाख ४३ हजार सात रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ समूहको कारोबार भएकामा १३ वटैको सूचक बढेर नेप्से पूरै हरियो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक २४ दशमलव ८५ अंकले बढेर १३ सय ३७ दशमलव ५५ अंकमा चढेको छ । विकास बैंक समूहको सूचक दुई सय तीन दशमलव ६७ अंकले बढेर तीन हजार चार सय ६४ दशमलव २७ अंकमा चढेको छ । जलविद्युत् समूहको सूचक एक सय चार दशमलव दुई अंकले बढेर २३ सय १३ दशमलव ७७ अंकमा चढेको छ ।

निर्जीवन बिमा समूहको सूचक एक सय ४४ दशमलव २९ अंकले बढेर सात हजार नौ सय ६० दशमलव ९२ अंकमा चढेको छ । जीवन बिमा समूहको सूचक पनि एक सय ७० दशमलव ३४ अंकले बढेर नौ हजार ६ सय ३८ दशमलव ३३ अंकमा चढेको छ । यस्तै फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि उच्च अंकले बढेका छन् ।

नेप्सेमा आज नेपाल फाइनान्सको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर तीन सय चार रुपैयाँ ७० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा एभरेष्ट बैंकको संस्थापक सेयरतर्फ प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले घटेर चार सय ९८ रुपैयाँ २० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी शिवम् सिमेन्टको प्रतिकित्ता सात सय ६८ रुपैयाँ अन्तिम मूल्यमा नौ करोड दुई लाख ९५ हजार तीन सय २९ रुपैयाँ ५० पैसाको सेयर किनबेच भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया