मंगलबार, असार १७, २०८२

चौबीस घण्टामा कोरोना संक्रमितको संख्या दुई सय नाघ्यो

नेपालखोज २०७९ असार २९ गते १६:४३

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा जम्मा २०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट २ हजार ८२ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १७७ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै १ हजार ९३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २९ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा हाल १ हजार ५ जना सक्रिय संक्रमित छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप ४५ जना कोरोना भाइरस संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । गत चौबीस घण्टामा थप ६३ हजार ३८७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया