बढुवाको सिफारिसमा ३६ डीएसपी, एक नम्बरमा पाल (नामसहित)

नेपालखोज २०७९ असार २९ गते १८:०१

काठमाडौं । नेपाल प्रहरीले ३६ जना डीएसपीलाई बढुवाको सिफारिस गरेको छ । बढुवा सिफारिस समितिको बुधबार बसेको बैठकले ३६ प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई एसपीमा बढुवा गर्न सिफारिस गरेको हो । समितिका अनुसार देवेन्द्रबहादुर पाल पहिलो नम्बरमा छन् ।

यस्तै बढुवा हुनेको दोस्रो, तेस्रो, चौथो र पाँचौं नम्बरमा क्रमश: सीताराम रिजाल, भीमकिरण बोगटी, सुमनकिरण तिम्सिना, सरोज पौडेल र विष्णुहरि कोइराला छन् । बढुवा समितिको सदस्य-सचिव एवं प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंहका अनुसार बढुवा हुनेहरुमा भाग्येन्द्रपुरुष ढकाल, नरहरि रेग्मी, रञ्जितसिंह राठौर, नेत्रमणि गिरी, अवधेश विष्ट क्षेत्री छन् ।

त्यस्तै, हेरम्ब शर्मा, विनोद शर्मा, मित्रबन्धु शर्मा, रामकुमार केसी, नरेन्द्रकुमार कार्की, खड्गबहादुर खत्री, सञ्जयबहादुर राउत, विश्वराज खड्का, बालनरसिंह राणा, टेकुनन्द इवा लिम्बूलगायत पनि बढुवाका लागि सिफारिस भएका छन् ।

त्यस्तै, कोमल शाह, नरेशराज सुवेदी, भरतबहादुर विक, सुधीरराज शाही, विपिन रेग्मी, नवरत्न पौडेल, योगेन्द्रकुमार खड्का, काजीकुमार आचार्य, अनुपम श्रेष्ठ, दुर्गाराज रेग्मी, गजुसिद्ध वज्राचार्य, माधवप्रसाद बुढाथोकी, गौतम मिश्र, नवीनकिशोर प्रधान र मोहनकुमार थापालाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको छ ।

प्रतिक्रिया