शुक्रबार, पुष ४, २०८२

दुबई पठाइदिन्छु भनी ठगी गर्ने विकास थापा पक्राउ

नेपालखोज २०७९ असार ३० गते १९:११

काठमाडौं । राम्रो तलबमा दुवै पठाइदिन्छु भनी लाखौँ रकम ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ धुनिबेशी ९ घर भएको २७ वर्षीय विकास थापा रहेका छन् ।

थापाले दुबई जानको लागि छ लाख लाग्छ, त्यहाँ पुगेपछि बाउन्सर र सेक्युरिटी गार्डको काम लगाइदिन्छु, मासिक तलब एक लाख रुपैयाँ भन्दा बढी हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी दुईजनाबाट ११ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । पैसा लिई सम्पर्कविहीन भएका उनलाई वैदेशिक रोजगार विभागबाट पक्राउ गरी उपस्थित गराइदिनुहुन भनी उपत्यका अपराध अनुसन्धान कार्यालयमा पत्राचार गरिएको थियो ।

त्यस लगत्तै अपराध अनुसन्धान कार्यालयको टोलिले खोजतलास गर्ने क्रममा काठमाडौं महानगरपालिका-३ बशुन्धाराबाट उनलाई पक्राउ गरेको हो । बुधबार पक्राउ परेका थापालाई थप अनुसन्धान र कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगरमा बुझाइएको अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया