लुम्बिनी विकास कोष परिसरमा नेपाल एसबिआई बैंकको एक्सटेन्सन काउन्टर

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले लुम्बिनी विकास कोष परिसर, लुम्बिनीमा एक्टेन्सन काउन्टर खोलेर आफ्नो सञ्जाल विस्तार गरेको छ । सो काउन्टरको उद्घाटन दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका महासचिवमहामहिम इसाला रुवान विराकूनले गरेका थिए ।
उक्त समारोहमा बैंकका प्रवन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे, नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृतश्री मोहम्मद रिजवान आलम, तथा लुम्बिनी विकास कोषका कोषाध्यक्ष धुण्डीराज भट्टराई, सदस्य सचिव सानुराज शाक्यका साथै बैंकका अन्य कर्मचारी तथा लुम्बिनी विकास कोषका कर्मचारी उपस्थिति थियो ।
उक्त कार्यक्रममा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लुम्बिनी विकास कोषलाई १०० वटा डस्टबिन हस्तान्तरण गरेको थियो । यस पहलले लुम्बिनी क्षेत्रको सौन्दर्य अभिवृद्धि गर्नुका साथै पर्यटकीय तथा तीर्थयात्रीको आरामदायी बसाईमा समेत सहयोग पुग्ने बैंकको विश्वास छ ।
सोही कार्यक्रममा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका महासचिव महामहिमइसाला रुवान विराकुनले पीओएस मेसिन मार्फत डिजिटल डोनेशनको पनि उद्घाटन गरेका हुन । डिजिटल डोनेशनको सुरुवात गर्नाले लाखौं स्वदेशी तथा विदेशी आगन्तुकहरूलाई सहज हुनेछ ।
बैंकले देशका विभिन्न स्थानमा ९१ शाखा, २१ एक्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२९एटिएम बाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।








प्रतिक्रिया