सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा असार ३० गते आयोजित एक समारोहकाबीच हालै पदोन्नती भएका छ जना प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षकहरुलाई उल्लेखित दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।
सो अवसरमा महानिरीक्षक अर्यालले पदोन्नती भएका अधिकृतहरुलाई हार्दिक बधाई तथा कार्य सफलताको शुभकामना दिँदै खाली रहेका विभिन्न पदहरुमा तत्कालै बढुवा गर्ने गरी कार्य भइरहेको बताए । उनले पदोन्नतीसँगै प्राप्त भएको दर्जा अनुरुप आ–आफ्नो जिम्मेवारी र ट्रेड अनुसारको कार्यसम्पादनमा आर्थिक अनुशासनमा रहँदै पूर्ण व्यावसायिक भई जिम्मेवारी निर्वाहमा लाग्न अधिकृतहरुलाई निर्देशन दिंदै राष्ट्रसेवक सशस्त्र प्रहरीहरु सबैले फौजी अनुशासनको पालना गर्दैै ईमान्दारितापूर्वक सामुहिक भावनाकासाथ राष्ट्रको सुरक्षा र आम नागरिकको सेवामा क्रियाशिल रहने विश्वाससमेत व्यक्त गरे ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले पदोन्नती तथा बृत्तिविकासका लागि समयानुकुल आवश्यक तालिम समेत व्यवस्था गर्दै मौजुदा कार्यसम्पादन मुल्यांकन प्रणालीलाई बैज्ञानिक बनाईने चर्चा गर्दे सशस्त्र प्रहरी कर्मचारीहरुले सकारात्मक सोचकासाथ अध्ययनसिल रहदैँ ईमान्दारीतापूर्वक सम्पादन गरेका कार्यहरुबाट सांगठनिक विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने बताए ।

नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको असार २८ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, प्राविधिक समूह संचार तथा ईन्जिनियरिङ्गतर्फको ६ जना सशस्त्र प्रहरी निरीक्षकहरु सोही समुहको सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नती भएका हुन् । समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।









प्रतिक्रिया