शनिबार, वैशाख २२, २०८१

अन्तिम कारोबार दिनमा झन्डै ८ अंकले नेप्से बढ्दा १ अर्ब ४५ करोडको कारोबार

नेपालखोज २०७९ असार ३१ गते १३:४१

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार पनि नेप्से बढेर रोकिएको छ । अघिल्लो दिन १४ दशमलव ७१ अंकले बढेको नेप्से आज भने सात दशमलव ९३ अंकले बढेर दुई हजार नौ दशमलव ४६ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ७७ अंकले बढेर तीन सय ८५ दशमलव ९१ अंकमा चढेको छ ।

दुई सय ३१ कम्पनीको २१ हजार ६ सय १५ पटकको कारोबारमा ४० लाख ५१ हजार सात सय ७१ कित्ता सेयर खरिद–बिक्री भएको छ । जसकारण आज कुल कारोबार रकम एक अर्ब ४५ करोड ६२ लाख ५९ हजार आठ सय ३३ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ समूहको कारोबार भएकामा पाँचवटाको सूचक बढेर ६ समूहको सूचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक १८ दशमलव ५४ अंकले बढेर १३ सय ६३ दशमलव ३९ अंकमा पुगेको छ । विकास बैंक समूहको सूचक पाँच दशमलव २४ अंकले बढेर तीन हजार पाँच सय दुई दशमलव ५९ अंकमा पुगेको छ ।

जीवन बिमा समूहको सूचक ३८ दशमलव सात अंकले बढेर नौ हजार ६ सय ८८ दशमलव १८ अंकमा पुग्दा लघुवित्त र सामूहिक लगानी कोष समूहहरूको सूचक पनि क्रमशः ६८ दशमलव ६४ र शून्य दशमलव २२ अंकले बढेका छन् ।

जलविद्युत् समूहको सूचक भने १७ दशमलव चार अंकले घटेर २३ सय ४३ दशमलव ६५ अंकमा पुग्दा निर्जीवन बिमा समूहको सूचक तीन दशमलव ३८ अंकले घटेर सात हजार नौ सय ८६ दशमलव ३१ अंकमा पुगेको छ । यसैगरी फाइनान्स समूहको सूचक सात दशमलव १५ अंकले घटेर १५ सय ८६ दशमलव ९३ अंकमा पुग्दा ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य र लगानी समूहहरूको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज नेपाल इन्भेस्टमेन्ट बैंक ऋणपत्रको प्रतियुनिट सेयर मूल्य १० प्रतिशतले बढेर एक हजार ६० रुपैयाँ ६० पैसा अन्तिम मूल्यमा कारोबार हुँदा घलेम्दी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव ३१ प्रतिशतले घटेर तीन सय तीन रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

अपर तामाकोसी हाइड्रो पावर कम्पनीको भने प्रतिकित्ता पाँच सय ४२ रुपैयाँ अन्तिम मूल्यमा १९ करोड ७२ लाख ५४ हजार आठ सय ६४ रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया