शुक्रबार, पुष ४, २०८२

वाईसीएलले भन्यो- गभर्नरलाई बर्खास्त गरी छानबिन गरियोस्

नेपालखोज २०७९ असार ३२ गते ११:५६

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालले गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गरी छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई सातबुँदे ज्ञापनपत्र बुझाउँदै वाईसीएलले गभर्नर अधिकारी एमालेको अर्थ विभाग सदस्य रहेको र शैक्षिक योग्यतासमेत नक्कली भएको भन्दै बर्खास्त गर्न माग गरेको हो ।

साथै वाईसीएलले आर्थिक संकट र विदेशी मुद्रा सञ्चिति घटिरहेको अवस्थामा हतियार खरिदको निर्णय तुरुन्त रोक्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिनुपर्ने, विपत् व्यवस्थापन तथा आकस्मिक उद्धारका साथै युवाहरूको क्षमता अभिवृद्धिका लागि अनिवार्य तालिमको व्यवस्था गर्नु पर्ने माग वाईसीएलले राखेको छ ।

यसका साथै, किसानलाई समयमै मल बीउको उपलब्ध गराउनुपर्ने, विद्यार्थीलाई पाठ्य-सामग्रीको व्यवस्था तुरुन्त गर्नुपर्ने र सामाजिक विकृति विसंगति तथा हिंसाविरुद्ध प्रभावकारी कदम चाल्न ऐन-कानुनको समयानुकूल परिमार्जन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया