आईसीसी लिग टू : नामिबियासँग ६३ रनले हार्यो नेपाल
नेपालखोज
२०७९ साउन १ गते ८:०३

काठमाडाैं । आईसीसी विश्वकप लिग टू क्रिकेट अन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपाल नामिबियासँग ६३ रनले पराजित भएको छ । सिरिजको पहिलो खेलमा पनि नामिबियासँग पराजित भएको नेपाल दोस्रो खेलमा पनि पराजित भएकाे हाे ।
२०० रनको लक्ष्य पछ्याएको नेपाल ३७.५ ओभरमा सबै विकेट गुमाएर १३६ रन मात्रै बनाउन सक्यो । टस जितेर पहिले ब्याटिङ गरेको नामिबिया ४९ ओभर दुई बलमा एक सय ९९ रनमा अलआउट भएको थियो ।
कप्तान सन्दिप लामिछानेले कसिलो बलिङ गरेको खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेको थियो । जारी सिरिजमा नेपालले पहिलो खेल नामिबियासँगै हारेको थियो भने स्कटल्याण्डलाई हराएको थियो । जितसँग आईसीसी विश्वकप लिग टूको तालिकामा नामेबिया पाँचौं र पराजित भएको नेपाल छैटौं स्थानमा रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया