राष्ट्र बैंकद्वारा पुनः १० अर्ब २० करोड रुपैयाँको ट्रेजरी आह्वान
नेपालखोज
२०७९ साउन १ गते १८:०३

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः १० अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिक्रीको आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि (सोमबार) अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।
जारी मिति भने साउन ३ गते तोकिएको ट्रेजरी खरिदका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले भाग लिन पाउनेछन् । बिक्री गरिने कुल ट्रेजरी २८ दिने अवधिको पाँच अर्ब र ९१ दिने अवधिको पाँच अर्ब २० करोड रुपैयाँको रहेको छ । राष्ट्र बैंकका अनुसार यी ट्रेजरी पुरानो नवीकरणअन्तर्गतको रहेको छ ।
यी ट्रेजरीहरूको परिपक्व हुने अवधि भने क्रमशः २०७९ साउन ३१ गते र २०७९ कात्तिक १ गते तोकिएको छ । यसअघि असार २७ गते पनि राष्ट्र बैंकले २२ अर्ब ६० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

सम्बन्धित
प्रतिक्रिया