सानिमाका सबै खातामा मासिक ब्याज साथै बम्पर धमाका योजना

काठमाडौं । नयाँ आर्थिक वर्षलाई लक्ष्य गरी सनिमा बैंकले सम्पूर्ण निक्षेप खाताहरुमा मासिक ब्याज प्रदान गर्ने भएको छ । बैंकले नेपाली तथा विदेशी मुद्रा अमेरिकी डलर, युरो, ब्रिटिस पाउन्ड, अस्ट्रेलियन डलर, आदिका खाताहरुमा महिनै पिच्छे ब्याज दिन लागेको हो ।
यो योजना बचत खाता, कल खाता तथा सम्पूर्ण खाताहरुमा लागू भएको छ । साथै न्यूनतम अवधिमा ५ गुणासम्म हुने व्यक्तिगत तथा संस्थागत सानिमा धमाका मुद्दती खाता ल्याएको छ । मुद्दती निक्षेप रकम परिपक्वता पश्चात् एकमुस्ट ५ गुणासम्म भुक्तानी गरिनेछ ।
व्यक्तिगत ग्राहकलाई आवश्यक परेमा निक्षेपको ९० प्रतिशतसम्म ऋण, तथा निःशुल्क क्रेडिट कार्डको लिन सक्ने व्यवस्था पनि गरिएको छ । त्यस्तै मासिक बचत गरी अधिकतम ब्याज आर्जन गर्न चाहने ग्राहकलाई लक्षित गरी मासिक प्राप्त ब्याज तथा किस्ता रकम समेत मुद्दतीमा नै जम्मा हुने गरी १ देखि ५ बर्षको सानिमा रिकरिङ्ग खाता समेत सुरु गरेको छ ।
यसमा भविष्यमा ब्याज घट्ने चिन्ता समेत हुँदैन । सानिमा बंैकको देशका सातै प्रदेशमा १२७ कार्यालय र १२० वटा एटीएम संचालनमा रहेका छन् ।








प्रतिक्रिया