शनिबार, वैशाख २२, २०८१

१८ अंकले नेप्से बढ्दा १ अर्ब ३१ करोडको कारोबार

नेपालखोज २०७९ साउन २ गते १५:३७

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो कारोबार दिन सोमबार पनि नेप्से बढेको छ । अघिल्लो दिन झन्डै दुई अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन आज (सोमबार) १८ दशमलव तीन अंकले बढेर दुई हजार २९ दशमलव ४३ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ८३ अंकले बढेर तीन सय ८८ दशमलव ७६ अंकमा पुगेको छ ।

दुई सय ११ कम्पनीको २३ हजार तीन सय ८३ पटकको कारोबारमा ३१ लाख ४२ हजार चार सय दुई कित्ता सेयर खरिद–बिक्री भएको छ । जसअनुसार कुल कारोबार रकम एक अर्ब ३१ करोड २९ लाख ६२ हजार नौ सय ६० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ समूहको करोबार भएकामा ११ वटाको सूचक बढेर दुईवटाको घटेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक दुई दशमलव एक अंकले बढेर १३ सय ७३ दशमलव ७९ अंकमा चढेको छ । विकास बैंक समूहको सूचक पनि ३२ दशमलव तीन अंकले बढेर तीन हजार पाँच सय ३३ दशमलव १६ अंकमा चढेको छ । जलविद्युत् समूहको सूचक २६ दशमलव ८३ अंकले बढेर दुई हजार तीन सय ४४ दशमलव ११ अंकमा चढेको छ । निर्जीवन बिमा समूहको सूचक एक सय आठ दशमलव ४९ अंकले बढेर आठ हजार ८७ दशमलव ८४ अंकमा चढेको छ । जीवन बिमा समूहको सूचक एक सय १७ दशमलव ६ अंकले बढेर नौ हजार आठ सय २० दशमलव ४५ अंकमा चढेको छ ।

यस्तै फाइनान्स, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त र लगानी समूहको सूचक पनि बढेका छन् । ट्रेडिङ र सामूहिक लगानी कोष समूहको सूचक भने आज घटेका छन् ।

नेप्सेमा आज बरुण हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले बढेर दुई सय ९८ रुपैयाँ ६० पैसामा प्रतिकित्ता सेयर कारोबार हुँदा सानिमा लार्ज क्याप फन्डको प्रतियुनिट सेयर मूल्य पाँच दशमलव ९० प्रतिशतले घटेर आठ रुपैयाँ ७७ पैसामा प्रतियुनिट सेयर कारोबार भएको छ ।

यसैगरी शिवम् सिमेन्टको भने प्रतिकित्ता सात सय ६५ रुपैयाँ अन्तिम मूल्यमा नौ करोड ३४ लाख ८१ हजार पाँच सय २२ रुपैयाँको सेयर किनबेच भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया