शनिबार, पुष ५, २०८२

चारवटा प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना

नेपालखोज २०७९ साउन ३ गते ६:२१

काठमाडाैं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेकोछ भने, प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएकाे छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोछ साथै गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ विभागले जनाएकाे छ । 

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने देशका केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएकाे छ ।

प्रतिक्रिया