बुधबार, असार १८, २०८२

३५७ जनामा कोरोना, ६२ डिस्चार्ज

नेपालखोज २०७९ साउन ३ गते १५:५४

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा जम्मा ३५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट १ हजार ८५७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २६८ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै १ हजार ५०० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ८९ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा हाल १ हजार ९८२ जना सक्रिय संक्रमित छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप ६२ जना कोरोना भाइरस संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या ९ लाख ६७ हजार १२६ जना पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमण मुक्त हुनेदर ९८ दशमलव ६ प्रतिशत छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप ३६ हजार ३४८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया