शुक्रबार, वैशाख १२, २०८२

निक्षेप संकलन तथा कर्जा प्रवाहमा नबिल पछ्याउँदै एनआईसी एशिया

नेपालखोज २०७९ साउन ४ गते १३:५३

काठमाडौं । सञ्चालनमा रहेका २६ वाणिज्य बैंकले आर्थिक वर्ष ०७८/७९ सम्ममा ४५ खर्ब ४१ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । यस अवधिसम्ममा बैंकहरूले प्रवाह गरेको कुल कर्जा रकम भने ४१ खर्ब ७८ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ ।

नेपाल बैंकर एसोसिएसनले सार्वजनिक गरेको वाणिज्य बैंकहरूले वार्षिक अध्ययन विवरणअनुसार आव ०७८/७९ सबैभन्दा बढी निक्षेप तथा कर्जा नबिल बैंकको रहेको छ भने सबैभन्दा कम निक्षेप तथा कर्जा हाल हिमालयन बैंकसँग गाभिने प्रक्रियामा रहेको सिभिल बैंकको छ । यसैगरी निक्षेप तथा कर्जा प्रवाह बढी हुने बैंकमा एनआईसी एशिया, ग्लोबल आईएमई, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक भने क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा पर्न सफल भएका छन् ।

बैंकर संघको प्रतिवेदनअनुसार सबैभन्दा बढी निक्षेप तथा कर्जा रहेको नबिल बैंकले आव ०७८/७९ मा तीन खर्ब २९ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरी तीन खर्ब नौ अर्ब ६ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा सिभिलको कुल निक्षेप तथा कर्जा रकम क्रमशः ९६ अर्ब चार करोड र ८७ अर्ब १८ करोड रुपैयाँ मात्र रहेको छ । निक्षेप तथा कर्जा प्रवाहमा दोस्रो स्थानमा परेको एनआईसी एशियाको भने कुल निक्षेप दुई खर्ब ९४ अर्ब ९८ करोड रुपैयाँ पुग्दा कुल कर्जा रकम दुई खर्ब ६८ अर्ब २४ करोड रुपैयाँ रहेको छ ।

यसैगरी ग्लोबल आईएमई, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकको कुल निक्षेप क्रमशः दुई खर्ब ८६ अर्ब ५६ करोड, दुई खर्ब ५६ अर्ब ६४ करोड र एक खर्ब ९७ अर्ब ११ करोड रुपैयाँ पुग्दा यी बैंकहरूको कर्जा रकम भने क्रमश ः दुई खर्ब ६८ अर्ब १४ करोड, दुई खर्ब ७२ अर्ब २१ करोड र एक खर्ब ८० अर्ब ८२ करोड रुपैयाँ पुगेको छ ।

यसैगरी सिद्धार्थ, नेपाल इन्भेष्टमेन्ट र एनएमबी बैंकको कुल निक्षेप रकम क्रमशः एक खर्ब ९६ अर्ब ४८ करोड, एक खर्ब ८६ अर्ब २१ करोड र एक खर्ब ८६ अर्ब चार करोड रुपैयाँ पुग्दा यी बैंकहरूको कुल कर्जा रकम भने क्रमशः एक खर्ब ८६ अर्ब नौ करोड, एक खर्ब ६८ अर्ब १६ करोड र एक खर्ब ८२ अर्ब नौ करोड रुपैयाँ पुगेको छ ।

कुमारी बैंकले भने आव ०७८/७९ मा एक खर्ब ८२ अर्ब ९६ करोड रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ५९ अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा प्रभु बैंकले एक खर्ब ८२ अर्ब १४ करोड रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ५० अर्ब ४१ करोड रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको छ । एभरेष्ट, हिमालयन र कृषि विकास बैंकले पनि आव ०७८/७९ मा क्रमशः एक खर्ब ७३ अर्ब चार करोड, एक खर्ब ७१ अर्ब ४७ करोड र एक खर्ब ६६ अर्ब ७१ करोड रुपैयाँ निक्षेप संकलन गर्दा क्रमशः एक खर्ब ५४ अर्ब ५५ करोड, एक खर्ब ५६ अर्ब ४५ करोड र एक खर्ब ७८ अर्ब ५५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

यसैगरी प्राइम कमर्सियल, सानिमा र मेगा बैंकले पनि आव ०७८/७९ मा क्रमशः एक खर्ब ६५ अर्ब ३७ करोड, एक खर्ब ५८ अर्ब ८८ करोड र एक खर्ब ५६ अर्ब ४९ करोड रुपैयाँ निक्षेप संकलन गरी क्रमशः एक खर्ब ५४ अर्ब ९५ करोड, एक खर्ब ४० र्ब ८३ करोड र एक खर्ब ५० अर्ब चार करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

सिटिजन्स बैंक इन्टरनेसनल, माछापुच्छ्रे बैंक, एनसीसी बैंक र सनराइज बैंकले भने आव ०७८/७९ मा क्रमशः एक खर्ब ५५ अर्ब १४ करोड, एक खर्ब ४८ अर्ब सात करोड, एक खर्ब ४१ अर्ब ४८ करोड र एक खर्ब ३४ अर्ब ७९ करोड रुपैयाँ निक्षेप संकलन गरी क्रमशः एक खर्ब ३७ अर्ब ७७ करोड, एक खर्ब २९ अर्ब ६१ करोड, एक खर्ब २६ अर्ब ९३ करोड र एक खर्ब २३ अर्ब ७७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

लक्ष्मी, नेपाल एसबीआई, बैंक अफ काठमाडौं, स्टान्डर्ड चार्टर्ड र सेन्चुरीले भने आव आव ०७८/७९ मा क्रमशः एक खर्ब ३९ अर्ब ८८ करोड, एक खर्ब १९ अर्ब ६६ करोड, एक खर्ब ११ अर्ब तीन करोड, एक खर्ब एक अर्ब ९५ करोड र एक खर्ब एक अर्ब चार करोड रुपैयाँ निक्षेप संकलन गरी क्रमशः एक खर्ब ३२ अर्ब ५७ करोड, एक खर्ब १० अर्ब ६ करोड, एक खर्ब ६ अर्ब ७२ करोड, ८९ अर्ब ५९ करोड र ९१ अर्ब ४७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

प्रतिक्रिया