शनिबार, पुष ५, २०८२

एकसाता फोहोर संकलन नगर्ने, कुहिने नकुहिने वर्गीकरण गरेर घरमै राख्न आग्रह

नेपालखोज २०७९ साउन ४ गते २१:२१

काठमाडाैं । काठमाडौं महानगरपालिकाले एक साता फोहोर संकलन नगर्ने भएको छ । फोहोर बिसर्जनस्थल सिसडाेलसम्म जाने मर्मतका लागि सडक बन्द गर्न एक साता फोहोर संकल्न बन्द गर्न लागिएको हो । 

महानगरले विज्ञप्ति जारी गर्दै कम्तीमा एक सातासम्म घर पसलबाट उत्पन्न हुने फोहोरलाई कुहिने नकुहिनेमा वर्गीकरण गरेर घरमै राख्न आग्रह गरेको छ । महानगरले एक सातासम्म सार्वजनिक स्थल र सडकमा फोहोर नफाल्न पनि अपिल गरेको छ ।

प्रतिक्रिया