यू-ट्वान्टी साफ च्याम्पियनसिपमा नेपालको कप्तानी आयुषले गर्ने

काठमाडाैं । सोमबारबाट भारतमा सुरु हुने यू-ट्वान्टी साफ च्याम्पियनसिपमा नेपाली फुटबल टिमको कप्तानी आयुष घलानले गर्ने भएका छन् ।
मिडफिल्डर आयुषले पहिलो पटक उमेर समूहको कप्तानी गर्न लागेका हुन् । राष्ट्रिय टिमका सदस्यसमेत रहेका आयुषले बी डिभिजन लिगबाट सोझै सिनियर टिममा स्थान बनाएका थिए । राम्रो सम्भावना बोकेका आयुष एक वर्षभन्दा बढि समयदेखि नियमित रुपमा सिनियर टिमबाट खेल्दै आएका छन् ।
उनले फिफा विश्वकप छनोट अन्तर्गत अष्ट्रेलियाविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका थिए । उनी माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बन्दा टिमको महत्त्वपूर्ण सदस्य रहेका थिए ।
प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहिलो संस्करणको नेपाल सुपर लिग पछि आयुषलाई सोझै सिनियर टिममा तानेका थिए । उनले २०७६ सालमा भएको बी डिभिजन लिगमा खुमलटार युथ क्लबबाट खेलेका थिए ।
प्रतिक्रिया