सानिमा बैंकले प्रहरी अस्पताललाई वार्षिक चार लाख ८० हजार दिने सम्झाैता
नेपालखोज
२०७९ साउन ६ गते २१:०६

काठमाडौं । सानिमा बैंक र नेपाल प्रहरी अस्पताल महाराजगंजबीच सम्झौंता भएको छ । बैंकका अनुसार न्यून आर्थिक अवस्था भएका महिलालाई उपचार गर्न उक्त सम्झौता भएको हो । सम्झौता अनुसार बैंकले अस्पताललाई आर्थिक सहयोग गर्नेछ । बैंकले न्यून आर्थिक अवस्था भएका महिलाहरुलाई उपचार गर्न वार्षिक चार लाख ८० हजार रुपैयाँ दिनेछ ।
बैंकले नारी बचत खाता वापत मासिक एक रुपैयाँ नारी सामाजिक कोषमा रकम जम्मा गर्दै आएको छ । सम्झौतापत्रमा अस्पतालका प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंह र सानिमाका सहायक प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाइँले हस्ताक्षर गरेका हुन ।
सम्बन्धित








प्रतिक्रिया