शनिबार, पुष ५, २०८२

सिटिजन लाइफले मर्जर सम्बन्धि प्रकृया अघि बढाउन संचालक समितिलाई पूर्ण अख्तियारी दिने

नेपालखोज २०७९ साउन ७ गते ८:४१

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा सम्पन्न भएको छ । सभाले आगामी चार वर्षको लागि संस्थापक सेयरधनीहरुको तर्फबाट चार जना सञ्चालक निर्वाचित गरेकाे छ ।

निर्वाचित हुने संचालकहरुमा प्रदीप जंग पाण्डे, सुमित कुमार अग्रवाल्, महेश स्वाँर र मनोज कार्की रहेका छन् । विशेष साधारण सभाले कम्पनीको पुँजी संरचना संशोधन गरी बिमा समितिले जारी गरेको निर्देशन बमोजिमको निर्णयहरु गरेको छ । त्यसैगरी मर्जर सम्बन्धि प्रकृया अघि बढाउन संचालक समितिलाई पूर्ण अख्तियारी दिने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया